site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार गरे : परराष्ट्रमन्त्री
फाइल तस्बिर।

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलहरुबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भइराखेको बताएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले आइतबार सत्ता नपाएपछि विपक्षी दलहरुले सेना, परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार गरिरहेको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएका पनि उनले टिप्पणी गरे ।

“आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्। आज मुलुकको असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको छ,” साउदले भने, “उनीहरु सत्ता नपाएर बौखलाएको जस्तो अवस्था अहिले देखिएको छ।”

उनले सत्तासाझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए ।

“नेपाली कांग्रेस ठिक बाटोमा छ । ठिक ट्रयाकमा छ,” साउदले भने, “यो ठिक ट्रयाकमा जाने कुरामा आत्मविश्वास राखेर अगाडि बढ्नुपर्छ।”

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्