site stats
बाह्रखरी :: Baahrakhari
खेल
१९औँ एसियाली खेलकुदका लागि घोषित क्रिकेट टिममा तीनजनाको पुनरागमन 
फाइल तस्बिर ।

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

खेलकुदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई १५ सदस्यीय नेपाली टिमको लिस्ट बुझाएको हो । क्यानले बुझाएको लिष्टमा तीन खेलाडी विनोद भण्डारी, विवेक यादव र अविनाश बोहराले पुनरागमन गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विनोदले नेपाली टिमबाट पछिल्लो पटक सन् २०२१ मा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यस्तै, विवेक र अविनाशले २०२२ मा नेपाली टिमबाट पछिल्लो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । 

तीन खेलाडीले पुनरागमन गर्दा पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नियमित बनेका ओपनर आसिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टिममा अटाएका छैनन् । एसियाली खेलकुदमा क्रिकेट ट्वान्टी–२० संरचनामा हुनेछ ।

चीनमा असोज ६ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा नेपालबाट कुल २९ खेलका २३४ खेलाडीले सहभागिता जनाउँदै छन् । 

नेपाली टिम :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, गुल्सनकुमार झा, करण केसी, अविनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी 
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्