site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीको विधान सम्मेलन मंसिरमा गर्ने प्रस्ताव
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन गर्ने तयारी गरिएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा त्यसबारे प्रस्ताव लैजाने निर्णय गरिएको हो । विधान सम्मेलन आउँदो मंसिरमा गर्ने पदाधिकारीको प्रस्ताव छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विधान सम्मेलन गर्ने भन्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने कुरा भएको छ, मोटामोटी मंसिरमा विधान सम्मेलन गर्ने कुरा भएको छ,” माओवादीका सचिव दीनानाथ शर्माले बाह्रखरीसँग भने, “सम्मेलनको मिति केन्द्रीय समितिले तोक्नेछ ।”

उनका अनुसार विशेष महाधिवेशन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

केन्द्रीय कमिटी भद्दा भएकाले विधानानुसार लैजान विधान सम्मेलन गर्ने तयारी गरिएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्