site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार आफैँले संसद् बैठक चल्न दिएन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद् बैठक चल्न नदिएको आरोप लगाएका छन् ।

पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरूलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद् बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकीर थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद् बैठकलाई सञ्चालन नगर्ने सरकारको हर्कतका कारण संसद् बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गरे ।

उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरेर पनि केपी ओलीले सो सहमति बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताए । अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको पनि पटकपटक दोहोर्‍याए ।  

उनले भने,  "उहाँहरूले संसद्मा आवाज उठ्छ भनेर अस्तिका दिन संसद् चल्न दिनुभएन । किनभने सांसद बोल्छन् भनेर । हामीले संसद् चलाऊ भनेका छौँ । सांसदहरू बोल्नु हुन्छ । आवाजहरू उठाउनु हुन्छ । तर, एकजना गृहमन्त्री मात्रै बोल्ने रे । जो भन्सार नियन्त्रण गर्न योग्य छैन । जो अनेक प्रकारका नचाँहिदा बकवास अरुमाथि लाञ्छित, आरोपित गरेर हिँड्छ । उसले भाषण गर्ने रे । अनि, सांसदहरूले बोल्न नपाउने रे ।"

 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्