site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनमत पार्टीले सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी 'मिसन ८४' अभियान चलाउने

काठमाडौ । जनमत पार्टीले २०८४ को निर्वाचन अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी 'मिसन ८४' अभियान चलाउने भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले २०८४ को निर्वाचनलक्षित अभियान चलाउने निर्णय गरिएको पार्टी उपाध्यक्ष अब्दुल खानले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“२०८४ मा डा. सीके राउतलाई नै प्रधानमन्त्रीको रूपमा अघि बढाएर चुनावमा होमिने निर्णय भएको छ,” खानले भने, “२०८४ को निर्वाचनलाई कसरी सफल बनाउने र विजयी हासिल गर्ने भनेर एजेन्डामा सहमति भएको छ । जसका लागि 'मिसन ८४' भनेर ग्रासरुटसम्म पुग्ने संगठन सुदृढीकरण र विस्तार गर्ने निर्णय भएको छ ।”

जसका लागि तीनवटै तहका निर्वाचनका लागि उमेदवार खडा गराउने तयारी थालिने उनले बताए । “वडास्तरदेखि केन्द्रसम्म चुनाव लड्नका लागि सक्षम र योग्य उमेदवार तयारी गर्ने निर्णय भएको छ,” खानले भने । 

बैठकले पार्टीको केन्द्रीय कार्यालयदेखि सबै जिल्लाको पार्टी कार्यालय व्यवस्थित गरेर वडा तहसम्म पार्टी कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ ।

पार्टीको संयुक्त बैठकले राजनीतिक रूपमा संघीयताको सबलीकरण र पूर्णरूपमा अधिकार सम्पन्न बनाउन एजेन्डा नै पारित गरेको छ । 

बैठकले अहिलेको समसामयिक राजनीतिक विषयमा पनि छलफल र विभिन्न निर्णयहरू गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्