site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा एसका सुवास कर्माचार्य पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासित भएका छन् । 

शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासित गरेको उपमहासचिव तथा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाबिरुद्धमा कृयाकलाप गरि पटक–पटक सम्झाउँदा पनि पार्टी हितविरुद्ध गतिविधि गरेकोले पार्टीको साधरण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । पार्टीका सम्पूर्ण कार्यकर्तालाई उनको गतिविधिको भ्रममा नपर्न आह्वान गरिएको छ,” उनले भने ।

कर्माचार्य केही नेतासँगै एमाले फर्कने तयारीमा रहेको स्रोतले बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्