site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीन बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैक सुपरीवेक्षण विभागले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्राइम कमर्सियल, कुमारी र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

तीन वाणिज्य बैंकमध्ये प्राइमलाई सचेत गराइएको छ । कुमारी र हिमालयन बैंकलाई भने नगद जरिबाना गरिएको छ । प्राइमले ‘क्यापिटन एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेकाले सचेत मात्र गराइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, कर्जा स्रोत परिचालन अनुसार कुमारी बैंकले माघमा कर्जा निमक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ जरिबाना गरेको छ । हिमालयन बैंकलाई पनि यही शीर्षकमा जरिबाना गरिएको हो । बैंकले गत वर्षको कात्तिकमा तोकिएको कर्जा–निक्षेप अनुपात कायम नगरेकाले एक करोड ३९ लाख ४७ हजार रुपैयाँ जरिबाना भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्