site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मती, विष्णुमती, धोविखोलामा बाढी, दिउँसोसम्म सतर्क रहन आग्रह
फाइल तस्बिर

काठमाडौं । काठमाडौंमा गएरातिदेखि भारी वर्षा भएको छ । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । 

“विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको छ,” बाढी पूर्वानुमान महाशाखाले भनेको छ, “उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्नेछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल वाग्मतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका वाग्मती नदी  तटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाको आग्रह छ ।  

यी हुन् आज भारी र अति भारी वर्षा हुने भू–भाग, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह, यातायात सेवा प्रभावित हुनसक्ने 

पछिल्लो तीनदेखि ६ घण्टा वाग्मती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास अति भारी वर्षा भएको छ । थप वर्षा हुने देखिएको महाशाखाको भनाइ छ । 

कोखाजोर खोला, मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढी आएको छ । कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसो १ बजेसम्म उच्च सतर्कताका अपनाउन महाशाखाको आग्रह छ । 


 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्