site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरमा डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाइने 
प्रतीकात्मक तस्बिर ।

विराटनगर । विराटनगर महानगरपालिकाभित्रका कुनै पनि स्वास्थ्य संस्थाले डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । सोमबार महानगर र सरोकारवालाको बैठकबाट डेंगीको परीक्षण शुल्क तोकिएको हो ।

किटमार्फत डेंगी परीक्षण गर्दा स्वास्थ्य संस्थाले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि महानगरले सरोकारवालासित बैठक राखेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाले किटबाट डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको महानगरका स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीले बताए ।

“यस्तो असहज अवस्थामा धेरै कमाउनेभन्दा कसरी हुन्छ जनतालाई सेवा दिनुपर्छ । जनतालाई सेवा प्रदान गर्ने यो एउटा सुनौलो अवसर पनि हो । यस्तो परिस्थितिमा कसैले जनताको अहितमा हुने गरी काम गरेमा कारबाहीका लागि कडा कदम चालिनेछ,” महानगर प्रमुख नागेश कोइरालाले भने ।

अहिले निर्धारित शुल्क समयानुकूल संशोधन गर्न सकिने पनि उनले बताए ।

महानगरअन्तर्गतको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा भने चिकित्सकको सल्लाहअनुसार निःशुल्क डेंगी परीक्षण हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्