site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्को गतिरोध अन्त्यका लागि पहल गरिदिन राष्ट्रपतिसँग आग्रह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको थियो । भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलसँग संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन् । 

भेटमा राष्ट्रपति पौडेलले सदनको अवरोध खुलाउन भएका छलफलसबारे समेत जानकारी लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्