site stats
बाह्रखरी :: Baahrakhari
देश
पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।

सोमबार नागरिकको तर्फबाट माइतीघर मण्डलामा भेला भइ पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो । बुधबार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवा लगायतले पुनःस्थापना गरेका थिए ।

Pradasan maitighar11692005632.jpg

पुनः शुक्रबार महानगरले शालिक हटाएपछि पोखरा लगायतका स्थानमा नागरिकहरूले शालिक पुनः स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको विरोध गरेका छन् ।

प्रदर्शनकारीहरूले शालिक चोर देश छोड, इतिहास मेट्न पाइँदैन, सर्वपक्षीय निर्णयको नाटक मञ्चन गर्न पाइँदैन, राष्ट्रिय एकतामा खलल पुर्‍याउने काम बन्द गर, सहिद लखन थापाको शालिक स–सम्मान स्थानान्तरण गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्