site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुन काण्डको अनुसन्धान सीआईबीले नै गर्छ, त्यसपछि आवश्यक परे उच्चस्तरीय समिति : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन काण्डको अनुसन्धान सीआईबीले नै टुंग्याउने बताएका छन् ।

उनले सर्वदलीय बैठकपछि सुन तस्करी काण्डको अनुसन्धानका लागि अब धेरै समय बाँकी नरहेको भन्दै अभियोजनका लागि सरकारी वकिललाई पाँचदिन बाँकी राखेर सीआईबीले अनुसन्धान टुंग्याउने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“संगठित अपराधअन्तर्गत अभियोजनका लागि ६० दिन हुन्छ । २० दिन राजस्व अनुसन्धानले गुजार्‍यो । त्यसपछि सीआईबीले लिएको हो । अभियोजनका लागि पाँचदिन सरकारी वकिलले लगाउँछ,” गृहन्त्री श्रेृष्ठले भने, “अब बाँकी अवधिमा सीर्आबीले नै अनुसन्धान टुंग्याएर अभियोजन हुन्छ ।”

उनले त्यसपछि त्रिभुवन विमानस्थल, भन्सार कार्यालयहरू सबैलाई व्यवस्थित बनाउने सन्दर्भमा नीतिगत अध्ध्यनका लागि समिति बन्नसक्ने बताए ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्