site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरमा ५०० केजी पटकासहित एकजना पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले पाँचसय केजीभन्दा धेरै पटकासहित एकजनालाई पक्राउ गरेको छ । कुपण्डोल कानदेवतास्थानबाट २८ वर्षीय जितेन्द्रकुमार जैसवाललाई पक्राउ गरिएको हो । उनको स्थायी घर बाराको कलैयामा हो ।

उनलाई प्रहरीले गोदाममा ३१ बोरामा रहेका ५०० केजीभन्दा बढी पटकासहित पक्राउ गरेको हो ।

उनलाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाइएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्