site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा विश्वासको मत लिँदा गल्ती दोहोरियो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोसी प्रदेश सरकारले विश्वासको मत लिने क्रममा गल्ती दोहोर्‍याएको बताएका छन् । मंगलबार अपराश्न विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले गल्ती दोहोरिएको बताए ।

“फेरि विवादास्पद बनेको छ । सभाध्यक्ष गर्ने सांसद नै सभामुखको हैसियतमा हुने भएकोले मत हालेको विषय फेरि अदालतले निरुपण गर्ला,” उनले भने, “अदालतले जे निर्णय गर्छ, त्यो मान्य हुनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले राज्यसत्ता कमजोर हुँदा अदालत सक्रिय हुने र आएका निर्णयलाई मान्नु पर्ने तर्क गरे । यसअघि, सभामुखको हस्ताक्षरमा सरकार गठन भएको विषय पनि अदालतले सच्याइदिएको उनले बताए ।

“सत्ताको र पार्टीको राजनीति फरक फरक कुरा हुन्,” उनले भने, “राज्यसत्ता कमजोर हुँदा यसकिसिमका घटनाहरु बढ्दै जान्छन् । गलत काम भए अदालतले पुष्टि गरिदिन्छ ।”

सुन प्रकरणमा कोही पनि निर्दोष फस्न नहुने कोइरालाको भनाइ थियो । उनले पछिल्लोपटक अनुसन्धानका क्रममा रहेका ललितानिवास प्रकरण, अवैध सुन प्रकरण जस्ता विषय हेर्दा मिहीन ढंगल अनुसन्धान हुनुपर्ने सुझाव दिए ।

“अनुसन्धानहरु सरकारको निर्देशनमा नभएर स्वतन्त्र रुपमा हुनुपर्छ,” उनले भने । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्