site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झण्डै महिना दिनपश्चात् संसद् बैठक सञ्चालन
फाइल तस्बिर ।

काठमाडौं । लगभग एक महिनापश्चात् प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक सञ्चालनमा समस्या आएको थियो ।  गएको साउन १० गतेबाट एमाले सदन अवरोध गर्दै आएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ब्रेक 'सु'मा लुकाएर ल्याइएको सुन तस्करीमा संलग्नहरूको उच्चस्तरीय छानिबन समिति बनाएर छानबिन प्रकृया अघि नबढाए सदन चल्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको हो ।

एमाले अवरोधका कारण साउन महिनाको १५, १६, २२, २३, २४, २६ र २९ गते बोलाइएको बैठक बस्न सकेको थिएन । यस्तै भदौ ३ र ५ गतेको पनि बैठक सञ्चालन हुन सकेन ।

भदौ ६ गते अर्थात् आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूको बैठकमा दुईबुँदे सहमति भएपछि बैठक सञ्चालन हुने भएको हो । सीआईबीको छानबिनपश्चात् समिति निर्माण गर्ने लिखित सहमति दलहरूबीच भएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्