site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पुटिनले भने– प्रतिभाशाली प्रिगोजिनले ‘गल्ती’ गरे

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नरका मालिक येभजेनी प्रिगोजिनसहित विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई समवेदना पठाएका छन् । तर, उनले तोकेरै प्रिगोजिनको मृत्यु भए/नभएको भने पुष्टि गरेका छैनन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रिगोजिनको मृत्युमा कीभ संलग्न नभएको बताएका छन् । पुटिनले प्रिगोजिनलाई एक प्रतिभाशाली व्यक्ति भएको तर उनले जीवनमा गम्भीर गल्तीहरू गरेको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“म मृत्यु भएका सबैका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु,” बिहीबार साँझ पुटिनले टेलिभिजन सम्बोधनमा भने, “यी व्यक्तिहरूले युक्रेनमा शासनसँग लड्ने हाम्रो साझा उद्देश्यमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।”

पुटिनले प्रिगोजिनलाई कठिन जीवन भएको व्यक्ति भनेका छन् । “उनले जीवनमा गम्भीर गल्तीहरू गरे । तर, मेरो आग्रहमा उनले आफ्नो र साझा हितमा नतिजा पनि हासिल गरे,” पुटिनले भनेका छन् ।

बिहीबारको ब्रिफिङमा पेन्टागनका प्रवक्ताले अमेरिकाले पनि वाग्नरका प्रमुख विमान दुर्घटनामा मारिएको हुनसक्ने विश्वास गरेको बताएका छन् । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्