site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्नुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिजुली महशुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी उनले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, "डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महशुल नबुझाउनेहरूसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ ।"

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्