site stats
बाह्रखरी :: Baahrakhari
खेल
यूईएफए च्याम्पियन्स लिगका ‘ड्र’ सार्वजनिक, ग्वार्डिओला बने वर्षको उत्कृष्ट प्रशिक्षक

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग २०२३–२४ को ‘ड्र’ सार्वजनिक भएको छ । युरोपेली फुटबल महासंघले मोनाकोमा च्याम्यिनस लिगको ‘ड्र’ सार्वजनिक गरेको हो ।

‘ड्र’ अनुसार बार्यन म्युनिख र म्यानचेस्टर युनाइटेड समूह ‘ए’ मा परेका छन् । गत वर्षको च्याम्पियन सिटी भने यस सिजन लाइपजिग, सर्भेना अभेज्डा र योङ ब्वाइजसँगै समूह ‘जी’ मा परेको छ ।

समूह विभाजन कार्यक्रममै भएको यूईएफए ‘मेन्स कोच अफ दी इयर’ को अवार्ड म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगको उपाधिसहित ‘ट्रेबल’ जिताएका प्रशिक्षक पेप ग्वार्डिओलाले जितेका छन् । ग्वार्डिओलाले सिमोन इन्जाघी र लुसियनो स्पालेट्टीलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, महिलातर्फ इंग्ल्यान्डकी प्रशिक्षक सरिना विगमानले अवार्ड जितेकी छन् । विगमानले जोनाथन जिराल्ज र जर्ज भिल्डालाई पछि पार्दै महिलातर्फ उत्कृष्ट प्रशिक्षक चुनिएकी हुन् ।

च्याम्पियन्स लिग ‘ड्र’

समूह ‘ए’– बायर्न म्युनिख, म्यान्चेस्टर युनाइटेड, कोपनहेगन, गालाटासारे

समूह ‘बी’– सेभिया, आर्सनल, पीएसभी, लेन्स

समूह ‘सी’– नापोली, रियाल मड्रिड, ब्रागा, युनियन बर्लिन

समूह ‘डी’– बेन्फिका, इन्टर मिलान, साल्जबर्ग, रियाल सोसिडाड

समूह ‘इ’– फेयेनुर्ड, एट्लेटिको मड्रिड, लाजियो, सेल्टिक

समूह ‘एफ’– पेरिस सेन्ट जर्मन (पीएसजी), बोरुसिया डर्टमन्ड, एसी मिलान, न्यक्यासल युनाइटेड

समूह ‘जी’– म्यानचेस्टर सिटी, आरबी लाइपजिग, सर्भेना अभेज्डा, योङ ब्वाइज

समूह ‘एच’– बार्सिलोना, पोर्टो, सख्तर डोनेस्क, एन्टवेर्प
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २३:३१
प्रतिक्रिया दिनुहोस्