site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालबाट करणको कीर्तिमान, कति खेलमा पुर्‍याए १०० विकेट ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर करण केसीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिएका छन् ।

हाल स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टिमबाट करणले मंगलबार घरेलु टिमसँगको खेलमा दुई विकेट लिएसँगै १०० विकेट पूरा गरेका हुन् । योसँगै करण ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने नेपालका दोस्रो बलर बने । उनीअघि नेपालका स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार स्कटल्यान्डका ओपनर जर्ज मुन्सेको विकेट लिएसँगै करणले यो कोशेढुंगा पार गरे । करणले मुन्सेलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउँदै पभेलियनको दिशा देखाएका थिए ।

कति खेलमा पुर्‍याए १०० विकेट ?
३३ वर्षीय करण नेपाली टिमका पूराना खेलाडीमध्येका एक हुन् । उनले सन् २०१५ मा नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । मंगलबार स्कटल्यान्डसँगको खेल करणको करिअरको ८०औँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट हो । उनले हालसम्म ८० खेलमा कुल १०१ विकेट लिएका छन् । 

करणअघि रहेका सन्दीप लामिछानेले नेपालबाट ६० खेल खेल्दा ११५ विकेट लिएका छन् । यो सूचीको तेस्रो स्थानमा रहेका सोमपाल कामीले हालसम्म ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७६ विकेट लिएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्