site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्लब विश्वकपका लागि १५ लाख टिकट बिक्री

काठमाडौं । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको आयोजनामा भइरहेको क्लब विश्वकपका लागि करिब १५ लाख टिकट बिक्री भएको छ । गत सातादेखि सुरु भएको ३२ टोली सम्मिलित प्रतियोगिताका लागि १३० देशका समर्थकले मंगलबारसम्म १५ लाख टिकट बिक्री भएको फिफाले जनाएको छ ।

“फिफा क्लब विश्वकप विश्वमञ्चमा नयाँ इतिहास रच्न, नयाँ उदीयमान खेलाडीलाई स्थान दिन र क्लब फुटबलका समर्थकलाई ठूलो मञ्चको अनुभूति दिलाउन आयोजना गरिएको हो,” फिफाका अध्यक्ष जियान्टी इन्फान्टिनोले विज्ञप्तिमा भनेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्लब विश्वकप गत शुक्रबार संयुक्त राज्य अमेरिकाको मियामीस्थित आर्ड रक रंगशालमा उद्घाटन भएको थियो । उद्घाटन खेलमा ६० हजार दर्शक उपस्थित थिए ।

त्यसैगरी, गत आइतबार रोज बल रंगशालामा पेरिस सेन्ट जर्मन (पीएसजी) र एट्लेटिको मड्रिडबीच सम्पन्न खेलमा ८० हजार समर्थक सहभागी थिए ।

प्रतियोगितामा सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्