site stats
बाह्रखरी :: Baahrakhari
देश
तीन दिन कैद भुक्तान बाँकी रहँदा फरार भएका व्यक्ति १६ महिनापछि पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । लागुऔषध चरेश मुद्दामा दोषी ठहर भएर तीन दिनमात्र कैद भुक्तान बाँकी रहेको अवस्थामा फरार भएका एकजना पक्राउ परेका छन् ।

कञ्चनपुर जिल्ला अदालतबाट ०७९ वैशाख १३ गते भएको फैसलाले फरार भएका भीमदत्त नगरपालिका–५ का लछि तिरुवालाई आज प्रहरीले पक्राउ गरेको हो । उनलाई करिब १६ महिनापछि पक्राउ गरिएको हो ।

उनलाई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्