site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एक साताअघि नै जन्मिएकी थिइन् बालेनकी छोरी, समाचार बाहिर नल्याउन अस्पतालसँग सहमति 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पत्नी सबिनाले एक साताअघि नै दुई शिशुलाई जन्म दिएको खुलेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा सबिनाले एक सातअघि नै छोरीलाई जन्म दिएको अस्पताल स्रोतले बताएको छ । 

सबिनाको जुम्ल्याहामध्ये एक छोरी मात्र जीवित रहेको र ति शिशुको एनआईसीयूमा उपचार भइरहेको बताइएको छ ।  सबिना भने दुई दिनअघि नै डिस्चार्ज भएको र छोरीलाई अझै किहीदिन अस्पतालमै राख्नुपर्ने भनिएको छ । 

अस्पताल स्रोतले दिएको जानकारीअनुसार समय नपुग्दै सबिनालाई बेथा लागेको थियो । त्यसपछि अस्पताल भर्ना गरिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बालेनकी श्रीमती चढेको गाडी ‘एक मिनेटमात्रै’ रोकिएको थियो...

आफ्नो सन्तानको जन्मबारे बालेनले ‘मलाई यसबारे कसैलाई जानकारी दिनु छैन, मिडियामा पनि प्रचार गर्नु छैन, यहाँबाट पनि कुनै जानकारी बाहिर नजाओस् भनेर’ अस्पतालसँग सहमति गराएको स्रोतले बतायो । 

छोरी अस्पतालको एनआईसीयूमा नै राखिएकाले सबिना शनिवार दिउँसो अस्पताल पुगेर फर्किएको बताइएको छ ।  महानगरपालिकाको सरकारी गाडीमा रहेको र सोही गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । 

सोही घटनालाई लिएर बालेनले आगामी दिनमा महानगरको गाडी रोकिए सिंहदरबारमा आगो लगाउने धम्कीसहितको फेसबुक स्टाटस लेखेका थिए ।  स्टाटसको व्यापक आलोचना भएपछि आइतबार बिहान बालेनको अफिसियल मिडियाको रुपमा प्रयोग हुँदै आएको रुटिन अफ नेपाल बन्दले बालेन दम्पतीलाई लक्ष्मी प्राप्त भएको भन्दै बधाईसहितको पोष्ट राखेको थियो । 

हेडलाइन सच्याइएको*

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्