site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ऊर्जा मन्त्रालयलाई कृषि समितिको कार्यक्षेत्रभित्र राख्न माग

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आफ्नो समितिको कार्यक्षेत्रभित्र राख्न माग गरेको छ ।

आइतबार बसेको समितिको बैठकले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय समितिको कार्यक्षेत्र भित्र नहुँदा सिँचाइको अभावमा कृषि क्षेत्रको सुधार गर्ने कार्यमा कठिनाइ भएका भन्दै सो मन्त्रालय समितिको कार्यक्षेत्रमा राख्न माग गरेको हो । यो माग लिएर सभामुखलाई आग्रह गर्ने समितिले निर्णय गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिले हालसम्म छलफल गरी सम्बन्धित मन्त्रालयमा गरिएको निर्देशनहरु कार्यान्वयनको अवस्थाको सम्बन्धमा सबै मन्त्रालयहरुसँग सात दिनभित्रमा लिखित रुपमा जवाफ माग्ने निर्णय पनि गरेको छ ।

बैठकले गाँजा खेतीलाई वैधानिक बनाउने सन्दर्भमा सम्बन्धित निकायहरुसँग छलफल गरी निष्कर्षमा पुग्ने निर्णय गरेको छ । त्यस्तै, समितिले कृषि मन्त्रालयको संस्थागत संरचना र कार्यसम्पादनको जिम्मेवारीलगायतको विषयमा आगामी बैठकमा बोलाएर ब्रिफिङ लिने भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्