site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले लुम्बिनी अधिवेशन : उमेदवार रिजालविरुद्ध उजुरी

काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अध्यक्षका उमेदवार हरि रिजालविरुद्ध उजुरी परेको छ ।

राजुप्रसाद श्रेष्ठले रिजालको सदस्यता लुम्बिनी प्रदेशको सदस्यता सूचीमा नाम नरहेको भन्दै उमेदवारी खारेज गर्न माग गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदमा उमेदवारी दिएका हरिप्रसाद रिजालको लुम्बिनी प्रदेशअन्तर्गत रहेको सदस्यता सूचीमा नाम समावेश नदेखिएको हुँदा पार्टीको यो प्रदेश सदस्य नै नभएको व्यक्ति अधिवेशन प्रतिनिधि हुन र उमेदवार हुन नमिल्ने भएकाले उमेदवारी खारेज गरिपाउँ,” उजुरीमा भनिएको छ ।

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा अहिले उमेदवारविरुद्ध उजुरीको समय दिइएको छ । प्युठानका रिजाल केन्द्रीय सदस्य हुन् । लुम्बिनी अध्यक्षका लागि राधाकृष्ण कँडेल पनि अध्यक्षको उमेदवार छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्