site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालको चुच्चे नक्सालाई मान्यता नदिएसम्म प्रधानमन्त्री चीन भ्रमणमा जानु हुँदैन : ज्ञानबहादुर शाही
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जान मिल्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्सा चीनले स्वीकार गरेमात्रै सो भ्रमणमा जान मिल्ने जिकिर गरे । अन्यथा प्रधानमन्त्री प्रचण्डमाथि तत्कालीन मन्त्रिपरिषद् र संसद्को शतप्रतिशत मतले पारित गरेको सो चुच्चे नक्सालाई अस्वीकार गरेको ठहर्ने उनको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्सा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उनको राष्ट्रवादमाथि पनि प्रश्न उठ्ने बताए ।

उनले भने, "चुच्चे नक्सा नेपाल सरकार, नेपालको शतप्रतिशत सांसदहरूले पारित गरेर गरेको चुच्चे नक्सा चाइनाको आधिकारिक नक्साबाट हटाइसकेपछि प्रधानमन्त्रीले त्यो नक्सा सार्वजनिक नगर्दै चाइना भ्रमणमा जानु भनेको जुन त्यतिखेरको मन्त्रिपरिषद् र संसद्ले निर्णय गरेको चुच्चे नक्सा चाहीँ हाम्रो होइन भनेर स्वीकार गर्नु हो । त्यसकारण प्रधानमन्त्रीजीले यो कुरा नहुँदासम्म चीन भ्रमणमा जानु हुँदैन ।"

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्