site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्रलाई जनताको पार्टीका रूपमा स्थापित गर्छौँ : प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई जनताको पार्टीका रूपमा स्थापित गरेरै छाड्ने बताएका छन् ।

वासु (सुरेश वाग्ले) स्मृति दिवसका अवसरमा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा वाईसीएलको दोस्रो पालिकास्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रले सुरु गरेको तीनमहिने रूपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीका रूपमा स्थापित गर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“माओवादी केन्द्रलाई फेरि जनताको बीचमा स्थापित गर्ने र राष्ट्रको जिम्मा लिने एक मात्र पार्टीको रूपमा स्थापित गर्छौँ । हामीले विचार पनि संश्लेषण गर्ने तथा शक्ति पनि आर्जन गर्ने उद्देश्य लिएका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “गोरखाका नेता–कार्यकर्ता र जनसंगठनले पनि यसलाई राम्रोसँग बुझ्नुभएको छ ।”

गोरखाबाट निर्वाचन जितेर गएपछि धेरै उतारचढावबीच देशको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै उनले अहिले जनतालाई प्रत्यक्ष राहत दिएर सरकारले सुशासनको थालनी गरेको उल्लेख बताए । सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको बताए । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको उल्लेख गर्दै उनले यो अभियान नरोकिने प्रतिबद्धता जनाए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना तथा कर्णाली, चिसापानीजस्तो ‘गेमचेन्जर’ आयोजना सुरुआत गरिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा नेपालको विकास तथा उत्तरी क्षेत्रका नाका खोल्नेलगायत विषयमा छलफल हुने जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्