site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आवेगमा आएर जिम्मेवार प्रतिनिधिले बोलेका कुरा सामान्य होइन : मीनबहादुर विश्वकर्मा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कोसी प्रदेशका सांसद खगेनसिंह हाङगाम प्रहरीविरुद्ध दिएको अभिव्यक्ति असामान्य रहेको बताएका छन् । बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा उनले शान्ति सुरक्षा प्रदान गर्ने दायित्व सबैको भएको बताए । 

“ताप्लेजुङमा लागि प्रहरी, प्रशासनले जे भूमिका गर्नुपर्थ्यो त्यो गर्न सकेन । तत्पश्चात् उत्पन्न परिस्थितिमा आवेगमा आएर जिम्मेवार प्रतिनिधिले बोलेका कुरा सामान्य होइन,” उनले भने, “त्यसलाई स्वीकार्न सकिन्न । तर परिस्थिति निर्माणका लागि जसले भूमिका खेल्नुभयो उहाँहरूले नै त्यसलाई सहजीकरण गरेर शान्ति सुरक्षा प्रदान गर्ने सबैको दायित्व हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले त्यहाँ हिंसाको रूप लियो भने राज्यलाई क्षति हुने भएकाले संयमताका लागि आग्रह गरिएको बताए ।  

ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हाङगामले केही दिनअघि जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बू र उनको परिवारका सदस्यलाई लक्ष्य गरी ज्यान मार्ने धम्की दिएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ । 

डीएसपी र उनका परिवारलाई लक्षित गरी ‘ज्यान मार्ने धम्की दिँदै गरेको’ भिडियोमा देखिन्छ । त्यसलगत्तै प्रहरीले सांसदको घर रातभर घेराउ गरेर धम्की र मानसिक तनाव दिएको हाङगामको दाबी छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्