site stats
बाह्रखरी :: Baahrakhari
देश
गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

गोरखा । गोरखामा बसको ठक्करबाट शनिबार एकजनाको मृत्यु भएको छ ।

सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रीवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग१ख ९७३६ नम्बरको यात्रीवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ग७प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक ४९ वर्षीय रेशम गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्