site stats
बाह्रखरी :: Baahrakhari
कला
सजिल बस्नेतको सर्ट फिल्म ‘बबल’लाई एक लाख नगद पुरस्कार

काठमाडौं । सजिल बस्नेतको सर्ट फिल्म ‘बबल’ले एक लाख नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको पहिलो युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतले प्रथम पुरस्कार स्वरुप सो रकम जितेका हुन् ।

प्रतियोगितामा क्षितिज जैसवालको ‘वैराग्य’ले दोस्रो र देव तामाङको ‘खोक्रो’ तेस्रो हुँदै क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गर्दै आएको अस्कर कलेजले आयोजना गरेको ‘पहिलो सर्ट फिल्म प्रतियोगिता’मा १९ वर्षमुनिका उमेर समूहका युवा फिल्मकर्मीबीच प्रतिस्पर्धा गराइएको थियो । गत भदौमा फिल्महरु आह्वान गरिएको प्रतियोगितामा २५ फिल्ममध्येबाट माथिका तीन फिल्म प्रथम, द्वितीय र तृतीय हुन सफल भएका हुन् ।

२५ मध्येबाट सातवटा फिल्म सर्ट लिस्टमा परेका थिए । जसमध्ये निराकारभक्त राईको द पोयटलाई स्पेसल मेन्सन अवार्ड प्रदान गरियो ।

काठमाडौंको सुकेधारास्थित अस्कर कलेजमा शुक्रबार सर्ट लिस्टमा परेका सात फिल्म प्रदर्शन गरी पुरस्कार घोषणा गरिएको हो । सातवटा फिल्म प्रदर्शन गरेपछि निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ती फिल्मका निर्देशकहरुलाई सर्टिफिकेट प्रदान गरे ।

प्रतिस्पर्धामा समावेश फिल्महरु मनोजबाबु पन्त, फिल्म निर्देशक निरन्जनराज भेटवाल र छायांकार उज्जल बस्ताकोटीको जुरीले छनोट गरेको हो ।

प्रतिस्पर्धामा पुरस्कृत चार फिल्मका निर्देशकलाई अस्कर कलेजमा अध्ययन गर्न चाहेमा ५० प्रतिशत स्कलरसिपसमेत दिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्