site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
फाइल तस्बिर ।

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ ।

साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल कोसी प्रदेशमा सामान्य रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागका अनुसार आज दिउँसो कोसी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

मधेस र कोसी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति कोसी र मधेस प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोसी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्