site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रेम चलाउनेको मुद्दा 'हेर्दाहेर्दै'मा, भोलि पूर्ण सुनुवाइ हुने
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगको मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश उत्तम सिलुवालको इजलासमा सुनुवाइ सुरु भएको हो ।

पहिलो दिन आज चलाउनेको तर्फबाट कानुन व्यवसायीहरू वसन्त जोशी, चन्द्रप्रसाद सँजेल र रमेश बडालले बहस गरेका छन् । अभियुक्तको तर्फबाट उज्वलराम घिमिरेले बहस गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सबै कानुन व्यवसायीहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दमा राखिएको छ । भोलि नै पूर्ण सुनुवाइ गर्ने इजलासको तयारी छ ।

चलाउनेको तर्फबाट कानुन व्यवसायीहरू जोशी, सँजेल र बडालसहित २९ जनाले बहस गर्दै छन् । जसमा ओमप्रकाश अर्याल, राधिका खतिवडा, सुरज बस्नेत, सुनिता राउत बस्नेत, टीकाबहादुर कुँवर, भूपाल बस्नेत, रामबहादुर खड‌का, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, मोहना अन्सारी, त्रिलोकबहादुर चन्द, ज्ञानेन्द्र आरण, शिवराज श्रेष्ठ, इन्द्र अर्याल, राजुप्रसाद चापागाई, श्रीकान्त बराल, चन्द्रप्रसाद भुसाल रहेका छन् ।

यसैगरी युवराज शर्मा, ईश्वरी भट्टराई, जितेन्द्र मडई, हरि पँगेनी, रामचन्द्र पौडेल, यासुव घिमिरे, पुनदेवी महर्जन, भोजराज आचार्य र विरभद्र जोशीले पनि चलाउनेको पक्षमा बहस गर्न नाम टिपाएका छन् । 

चलाउनेमाथि ०७७ असोज २० गते नेविसंघका विद्यार्थी नेताहरूले सांघातिक आक्रमण गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्