site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष रूसको खोजी सूचीमा

मस्को । रूसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ ।

रूसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई सोमबार खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोल्यान्डका नागरिक होफम्यानस्कीलाई रूसी महासङ्घको फौजदारी संहिताको एक दफाअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रूसी समाचार एजेन्सीहरूले त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन् ।

सन् २०१५ देखि आईसीसीको न्यायाधीश रहेका होफम्यानस्की २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन् । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्