site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय निजामती ऐन तत्काल जारी गर्न माग

काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले ट्रेड युनियनले दिएका सुझावहरुलाई समावेश गरी तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेको छ ।

संगठनको चौथौ बैठक तथा सहकारीसम्बन्धी कार्यशाला गोष्ठीको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निजामती कर्मचारी सङ्गठनले ट्रेड युनियनले दिएका ७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गरेको हो । संगठनले उक्त विधेयकमा कर्मचारीहरु सरकारले आवश्यक छलफल र परामर्श नगरेको अरोप लगाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, संगठनले स्वास्थ्य सेवा र संसद् सेवालाई निजामती सेवामा समावेश गर्न, ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’को अवधारणा कार्यान्वयन गर्न, अन्तर तह र अन्तर प्रदेशसहित वैज्ञानिक सरुवाको व्यवस्था गर्न, उमेर हद ६० वर्ष कायम गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले बैठकमार्फत सेवाग्राही जनताका लागि संगठनले प्रतिवद्धताका साथ आवश्यक निर्णय गरिएको बताए । उनले संगठन सुदृढीकरण अभियानको प्रारम्भ गरेको, संगठनमा एकता एकीकरणमा जोड दिएको जिकिर गरे ।

उनले राष्ट्रसेवक कर्मचारीहरुको सहकारीलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने सङ्कल्प गरिएको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्