site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको संखुवासभा सभापतिले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका संखुवासभा सभापति दिपक खड्काले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर जिल्ला सभापति खड्काले राजीनामा दिएका हुन् ।

उनले आफू प्रतिनिधिसभा सदस्य भएका कारण जिल्ला संगठनका लागि पर्याप्त समय दिन नसक्ने भन्दै विधानबमोजिम अर्को सभापति चयन गर्न पनि सभापति देउवालाई आग्रह गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्युनिष्टहरुको किल्ला भनेर चिनिएको संखुवासभामा कांग्रेसको झन्डा फहराएको भन्दै खड्काले आफू प्रतिनिधिसभा सदस्यका रुपमा काठमाडौंमा बस्नुपर्ने भएकाले जिल्ला सभापतिको जिम्मेवारीबाट अलग हुन लागेको उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्