site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग रहेकाले यसलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले सार्वजनिक निकायलाई जनउत्तरदायी बनाउनका लागि सूचनाको हक महत्वपूर्ण र प्रजातन्त्रको अभिन्न अंग पनि रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संविधानले व्यवस्था गरेको कुराहरुलाई कानुनी रुप दिनुपर्ने धेरै काम बाँकी रहेको अवस्थामा कानुनमा रहेका व्यवस्थालाई पनि सदुपयोग गराउन सूचनाको हक महत्वपूर्ण रहेको उनले बताए ।

त्यस्तै, सभामुख घिमिरेले मुलुकलाई उन्नतिको दिशातर्फ उन्मुख गराउन सार्वजनिक निकायहरुले पारदर्शी ढंगले काम गर्नका लागि सूचनाको हकले प्रेरित गरेको जिकिर गररे ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्