site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मूल्यवृद्धिको विरोध, प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाले गर्‍यो बहिष्कार
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिष्कार गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

सरकारले गरेको मूल्यवृद्धिप्रति रास्वपाको गम्भीर आपत्ति रहेको आइतबार उनले फेसबुकमा उल्लेख गरेका छन् । त्यसकै विरोधस्वरूप बैठक बहिष्कार गरेको उनले जानकारी गराएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“चाडपर्वहरूको मुखमा आमउपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ,” उनले लेखेका छन्, “यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौँ । थप कार्यक्रमबारे जानकारी दिनेछौँ ।”

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्