site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिमाथि खनिए ओली, भने– गठबन्धनले खोपीको देउता बनायो

काठमाडौं । संसद्को रोष्टममा उभिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलमाथि कटाक्ष गरेका छन् ।

नागरिकता विधेयक जारी गरेको विषयमा राष्ट्रपति पौडेलमाथि खनिएका ओलीले राष्ट्रपति संविधानको रक्षक र संरक्षक नभएर गठबन्धनको आदेश पालक भएको आरोप लगाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“राष्ट्रपतिजीको त के भन्ने ? अहिले संसद्को निर्वाचन भएर संसद् नयाँ आइसक्यो । उहिले कुन सिउसिउ राजाको पालमा को सभामुख थियो, उसले गरेको सिफारिस खोजेर ल्याएर एउटा राष्ट्रपतिको नाम छ, अर्को खाली ठाउँमा उहिलेको संसद्ले, उहिलेको राष्ट्रपतिले सिफारिस गरेको अहिलेको संसद्मा के गर्छ भनेर एक बचन नसोधीकन सरकारले क्याबिनेटबाट गरेको निर्देशन छ, राष्ट्रपतिले स्वीकार गर्नुभयो,” उनले थपे, “सेरेमोनियल हैन, खोपीको देउता बनाएको छ । त्यो मात्र हैन, जे आदेश दियो पालना गर्ने, संरक्षक र रक्षक हैन, त्यसको मर्यादाविपरीत अदेशको परिपालक राष्ट्रपति बनाएको छ ।”

उनले अपराधीलाई उन्मुक्ति दिनेमा राष्ट्रपति मुछिएको बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्