site stats
बाह्रखरी :: Baahrakhari
देश
मूल्यवृद्धि रोक्न बजार अनुगमनलाई तीव्रता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले चाडपर्वको बेला हुन सक्ने कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न बजार अनुगमनलाई तीव्रता दिने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य तथा गैर खाद्य वस्तुहरूको बिक्री वितरणको अवस्थाबारे नियमित बजार अनुगमन गरी दोषी पाइए कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले चाडपर्व लक्षित खाद्य वस्तुहरूको बिक्री वितरणका लागि सार्वजनिक निकायहरूलाई सुपथ मूल्य पसल स्थापना गर्न पनि निर्देशन दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले चाडपर्वको बेला उच्च माग हुने वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि कालोबजारी, अखाद्य वस्तु मिसावट गरी गुणस्तरहिन तवरले बिक्री वितरण गर्ने अनुचित कार्यहरू नगर्न र नगराउन उद्योगी व्यवसायीहरूलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्