site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गोविन्द पोखरेलको गगन थापालक्षित अभिव्यक्ति– कोसीमा शेखरलाई किन साथ नदिएको ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले महामन्त्री गगन थापाले कोसीमा शेखर कोइराला समूहलाई साथ नदिएको आशयसहितको अभिव्यक्ति दिएका छन् ।

बिहीबार ट्विटरमार्फत पोखरलले 'विगतमा सभापति देउवासँग शेखर मिले' भन्नेले कोसी सरकार गठनका क्रममा साथ नदिएको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यद्यपि उनले थापाको नाम उल्लेख गरेका छैनन् । पोखरेल शेखर निकट केन्द्रीय सदस्य हुन् ।

“हिजो शेखर कोइराला शेरबहादुरसँग मिले र सभापतिका हरेक कार्यलाई समर्थन गरे भन्ने भाष्य निर्माण गर्ने समूहले आज शेखर कोइरालाले व्यक्ति भन्दा पार्टी ठूलो हो, व्यक्ति परिवर्तन गरेर भए पनि कांग्रेसकै मुख्यमन्त्री बनाउनुपर्छ भन्दा त्यो समूहले साथ दिएन । राजनीतिमा मान्छेका रूप अनेक,” पोखरेलले लेखेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्