site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीयतामाथि आक्रमण हुन थाल्यो, सरकार सचेत बन्नुपर्‍यो : माधव नेपाल

लम्की, (कैलाली) । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको बताएका छन् । 

समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभामा अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताए । अध्यक्ष नेपालले भने, “देशमा केही शक्तिहरू पुनः राजतन्त्रको पक्षमा देखिएका छन्, त्यस्ता प्रयत्नलाई हामीले असफल पार्नुपर्छ ।” 

उनले नेपाली जनताको बीचमा लामो समयदेखि रहेको प्रेम, आपसी सद्भाव बिगार्न प्रतिगामी तत्व लागिरहेको समेत आरोप लगाए ।

“संविधान जारी भएको आठ वर्षमात्रै भयो । केही कमी–कमजोरी छन्, यसको अर्थ संविधान गलत छ भन्ने होइन,” अध्यक्ष नेपालले भने, “संविधान, गणतन्त्र, संघीयतामाथि आक्रमण भइरहेको छ, यस्ता कुरामा सरकार सचेत रहोस् ।”

संसारको कुनै पनि व्यवस्था आफैँमा पूर्ण नहुने भन्दै उनले व्यवस्थाको विकास र परिस्कारको क्रम निरन्तर रहने बताए । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २२:०७
प्रतिक्रिया दिनुहोस्