site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीलाई मध्यावधिबाट जोगाउन कांग्रेस सांसदलाई समर्थन गर्‍यौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न नेपाली कांग्रेसका सांसदलाई समर्थन गरेको बताएका छन् । प्युठानमा आज आयोजित कार्यक्रममा उनले मध्यावधिमा जाँदा खर्च हुने बताए ।

“कोसी प्रदेशमा मध्यावधिमा जाने अवस्था सिर्जना हुन लाग्यो । हामी तयार छौँ । तर,  मध्यावधि भयो भने ठूलो खर्च हुन्छ,” उनले भने, “मध्यावधिबाट जोगाउनका लागि हामीले जोसुकैलाई समर्थन गर्‍यौँ । कांग्रेसका विद्रोही साथीलाई साथ सहयोग दियौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कांग्रेसका आठ सांसदले नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भनेका बाहेक नगर्ने भएपछि विद्रोह गरेको सुनाए ।

“कांग्रेसका केही सांसदले किन विद्रोह गर्नुभयो ? किनभने कांग्रेसका नेताहरूले पुष्पकमल दाहालजीले जे भन्यो त्यही बाहेक केही गर्न सक्दैनन्,” ओलीले भने ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्