site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीको विषयमा भएको घटनाको जवाफ डा. शेखरले दिनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । कोसीमा मुख्यमन्त्री बनाउने विषयमा सभापति शेरबहादुर देउवाले कोसीबाटै प्रतिनिधित्व गर्ने नेताहरू छलफल नगरेको भन्दै महामन्त्रीद्वयले आपत्ति जनाएका छन् । 

सोमबार सभापति देउवाले बोलाएको छलफलपश्चात् महामन्त्री विश्वप्रकाश शर्माले छलफलमा आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा. नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नगरेकोमा देउवासँग आपत्ति जनाएको जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शर्माले दिएको जानकारीअनुसार बैठकमा महामन्त्रीद्वयले बालुवाटारमा भएको तीन नेताबीचको हस्ताक्षर भएको चिर्कटोप्रति आपत्ति जनाएको पनि बताए । 

उनले प्रधानमन्त्री प्रचण्ड र देउवाले गठबन्धनलाई निरन्तरता दिन्छु भनेर वक्तव्य दिनु उपयुक्त नभएको बताए ।

“आफैँ प्रधानमन्त्री हुनुहुन्छ म यो गठबन्धनप्रति प्रतिबद्ध छु भन्नु पर्छ र ? नेपाली कांग्रेस पार्टीको संस्थागत निर्णयनै कांग्रेस माओवादी, नेकपा एसको सरकार बनाउने निर्णय छ कांग्रेस सभापतिले यसमा हस्ताक्षर गर्नुपर्छ र,” शर्माले भने, “डा. शेखरप्रति आशंका राख्ने भए उहाँले वक्तव्य दिएको भए भइहाल्यो । त्यो चिर्कटो बनाइएको विषयमा हामी दुई महामन्त्रीको सहमति छैन ।”

उनले कोसीमा भएको राजनीतिक घटनाको जिम्मेवार सभापति शेरबहादुर देउवाले लिनुपर्ने धारणा आफूहरूले राखेको जानकारी दिए । 

“अहिले जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । किन यो प्रकारको दुर्घटना भयो ?,” उनले भने, “यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ भनेर हामीले कुरा राख्यौं ।”

महामन्त्री शर्माले कुनै प्रदेशमा कांग्रेसको भाग नभएको भन्दै कोसीको विषयमा भएको घटनाको जवाफ डा. शेखरले पनि दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्