site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एभरेष्ट बैंकले मनायो २९औँ वार्षिकोत्सव

काठमाडौं । एभरेष्ट बैंकले २९औँ वार्षिकोत्सव मनाएको छ ।

उक्त अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंकका २०० भन्दाबढी कर्मचारीहरूबीच सम्पन्न कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विशेष सम्मान गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिंकनाव फाउन्डेसनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउन्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्