site stats
बाह्रखरी :: Baahrakhari
देश
धादिङ जिल्ला भलिबल टिमका कप्तान मनोज मृत फेला

काठमाडौं । धादिङ जिल्ला भलिबल टिमका कप्तान मनोज श्रेष्ठ मृत भेटिएका छन् । धादिङ प्रहरीे बिहीबार मनोज रुखमा झुन्डिएको अवस्थामा फेला परेको जनाएको हो ।

धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङले सामाजिक सञ्जालमार्फत प्रतिभाशाली खेलाडी गुमाएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आज धादिङ जिल्ला खेलकुद भलिबल क्षेत्रको कालो दिन धादिङ जिल्ला खेलकुद क्षेत्रमा दिएको योगदान हामी कहिल्यै भुल्ने छैन । प्रतिभाशाली, उदाउँदो खेलाडी गुमायौं,” तामाङले लेखेका छन् ।

घटनाबारे प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान भइरहेको बताएको छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्