site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सीमानाकाबाट हुने अवैध आयात सबै मिलेर रोक्नुपर्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले सीमानाकाबाट हुने अवैधानिक रुपमा आयातलाई सबै मिलेर नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा मंगलबारदेखि ललितपुरमा सुरु भएको गोदावरी फूलको १६औँ प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भुसालले अवैधानिक रुपमा आयात गरिएका बस्तुले नेपालको बजारलाई प्रभावित पारिरहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अनुमति दिएकाबाहेकलाई क्यारेन्टाइनमा नै रोक्न निर्देशन दिए पनि खुल्ला नाका भएकाले कहीँकतै चुहावट देखिएको उनले बताए । मन्त्री भुसालले बाँझो जमिनमा सामूहिक खेती गर्ने सरकारको नीति नै रहेकाले फूललगायतका अन्य कृषि बस्तुहरुको उत्पादनमा जोड दिनुपर्ने जिकिर गरे ।

पाँच दिनसम्म चल्ने मेलामा व्यावसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक पाँच गरी ६२ स्टल रहेका छन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने अयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्