site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्रीलंकाविरुद्ध ३०२ रनको जित निकाल्दै भारत बन्यो सेमिफाइनल पुग्ने पहिलो टिम

काठमाडौं । श्रीलंकाविरुद्ध ३०२ रनको फराकिलो जित निकाल्दै घरेलु टिम भारतले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान निश्चित गरेको छ ।

यो जितसँगै सात खेलबाट १४ अंक जोडेको भारतले लिग चरणको अन्तिम दुई खेल अगावै अन्तिम चारको यात्रा तय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार मुम्बईस्थित वान्खडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३५७ रनको योगफल खडा गरेको थियो । ३५८ रनको लक्ष्यसहित मैदान उत्रिएको श्रीलंका भने १९.४ ओभरमा ५५ रनमै समेटियो ।

श्रीलंकाका कासुन रजिथाले १४ रन जोडे । एन्जेलो म्याथ्युज र महिस थिक्षणाले समान १२ रन थपे । यसबाहेक, अन्य ब्याटर भने दोहोरो अंकमा पनि पुग्न सकेनन् ।

श्रीलंकालाई सस्तैमा समेट्न भारतका मोहम्मद सामीले पाँच विकेट लिए । घातक बलिङ गरेका सामीले पाँच ओभरमा एक मेडन राख्दै १८ रन खर्चिए । मोहम्मद सिराजले तीन विकेट लिँदा जसप्रीत बुमराहर रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

त्यसअघि भारतका ओपनर सुभमन गिलले ९२ रन बनाएका थिए । विराट कोहली र श्रेयस ऐयरले क्रमशः ८८ र ८२ रन थपे । रविन्द्र जडेजाले ३५, केएल राहुलले २१ र सुर्यकुमार यादवले १२ रन जोडे ।

श्रीलंकाका दिल्सान मदुसंकाले पाँच विकेट लिएका थिए । यस्तै, दुस्मन्था चमिराले एक विकेट हात पारे ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको भारत सेमिफाइनलमा स्थान निश्चित गर्ने प्रतियोगिताकै पहिलो टिम बनेको छ । सात खेलबाट चार अंक जोडेको श्रीलंका भने तालिकाको सातौं स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्