site stats
बाह्रखरी :: Baahrakhari
कला
कसरी बनाउँदै छ विकास बोर्डले चलचित्र ?

काठमाडौं । चलचित्र विकास बोर्डले आफैँ चलचित्र निर्माण गर्ने भएको छ । यसका लागि बोर्डले सरकारमार्फत ७५ लाख रुपैयाँ बजेट प्राप्त गरिसकेको छ । 

नेपाली कला, संस्कृति, संस्कार, परम्परा तथा इतिहास झल्काउने सिनेमा निर्माणको तयारी बोर्डले गरेको छ । “नेपाली कला, संस्कृति झल्काउने सिनेमा सरकारले नै बनाउनु पर्छ भन्ने बोर्डको मान्यता हो । नेपाली कला संस्कृति जगेर्ना गर्ने दायित्व राज्यको पनि हो,” चलचित्र विकास बोर्डका प्रवक्ता केएल पीडित बाह्रखरीसँग भन्छन्, “त्यसैले बोर्डले चलचित्र बनाउनेबारे सोचेको हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निजी क्षेत्रसँग पनि सहकार्य गरेर चलचित्र निर्माण गर्ने सोच रहेको प्रवक्ता केएलले जानकारी दिए । यद्यपि, यसमा भने निष्कर्षमा पुगिसकेको उनी बताउँछन् । 

कसरी चलचित्र बनाउने भन्ने विषयमा कार्यविधि बनाएर अगाडि बढ्ने तयारीमा बोर्ड रहेको उनको भनाइ छ । “कुन मोडालिटीमा बोर्डले सिनेमा बनाउने त्यसबारे बोर्डले कार्यविधि बनाएर अगाडि बढ्छ,” प्रवक्ता केएल अगाडि थप्छन्, “स्क्रिप्ट कसरी कोबाट लिने, निर्देशकसहितका प्राविधिक कसरी हायर गर्ने कार्यविधिमा उल्लेख गरिनेछ ।” 

यस विषयमा सरोकारवाला निकाय र विज्ञ, समाजशास्त्री, मानवशास्त्रीलगायतसँग छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ । 

“एकै वर्षमा ७५ लाखमा चलचित्र बन्न करिबकरिब सम्भव छैन । त्यसैले कम्तीमा दुईदेखि तीन वर्षमा एउटा चलचित्र बनाउने हाम्रो तयारी हो,” उनले भने, “कम्तीमा यो वर्ष हामीले स्क्रिप्ट तयार गरेर सुटिङ मात्रै गर्न सक्यौं भने अर्को वर्ष पोष्ट प्रोडक्सनको काम गरेर सिनेमा निर्माण सम्पन्न गर्ने योजना छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलागयत प्रकाशन तथा संगीत संकलनलगायत काम गरिरहेकाले बोर्डले पनि राष्ट्रिय महत्वका विषयमा चलचित्र बनाउने निर्णयमा आपत्ति जनाउनु नपर्ने प्रवक्ता केएल बताउँछन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्