site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्धपछि गाजा क्षेत्र नियन्त्रणमा राख्ने इजरायलका प्रधानमन्त्रीको घोषणा

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्धको युद्ध समाप्त भएपछि गाजामाथि अनिश्चितकालीन नियन्त्रण राख्ने बताएका छन् । नेतान्याहुले आफ्नो देशले गाजा क्षेत्रको ‘समग्र सुरक्षा जिम्मेवारी’ लिने बताएका छन् ।

यस्तै, उनले मानवीय सहायता र बन्दक निकाल्न केही समयका लागि आक्रमण रोके पनि युद्ध नरोकिने भनेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार प्रसारित एबीसी न्युजसँगको एक अन्तर्वार्तामा गाजामा युद्ध समाप्त भएपछि कसले ‘शासन’ गर्छ भनेर सोधिएको प्रश्नमा उनले ‘हमासको बाटो नपछ्याउनेले’ भन्दै जवाफ दिएका छन् ।

उनले भनेका छन्, “इजरायलले अनिश्चितकालका लागि समग्र सुरक्षा जिम्मेवारी लिनेछ । किनभने त्यो सुरक्षा जिम्मेवारी नहुँदा के हुन्छ भनेर हामीले देखेका छौँ ।”

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । हमासको आक्रमणमा एक हजार ४०० बढीले ज्यान गुमाएको बताइएको छ भने, गाजामा १० हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्