site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति पौडेलले भूकम्पपीडितलाई सहयोग गर्न एक महिनाको तलब दिने

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलव बराबरको रकम दिने भएका छन् । 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले एक महिनाको तलब बराबरको रकम दिनेबारे जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने निर्णय गरेको पोखरेलले जानकारी दिए । 

राष्ट्रपति पौडेलले भूकम्पकै कारण कार्तिक २२ गतेदेखि गर्ने भनिएको १० दिने युरोप भ्रमण स्थगन गरेका थिए । पौडेलले मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका हुन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्