site stats
बाह्रखरी :: Baahrakhari
खेल
इन्दुलाई कप्तानको जिम्मेवारी, हङकङमा हुने श्रृंखलाका लागि नेपाली टिमको घोषणा

काठमाडौं । हङकङमा हुने चारदेशीय महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाली महिला टिमको कप्तानी जिम्मेवारी इन्दु बर्मालाई सुम्पिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार श्रृंखलाका लागि घोषित नेपाली टिमको कप्तानी जिम्मेवारी इन्दुलाई दिएको हो । यस्तै, क्यानले उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, नेपालको कप्तानी रुबिना क्षेत्रीले गर्दै आएकी थिइन् ।

क्यानले बिहीबार श्रृंखलाका लागि नयाँ कप्तान र उपकप्तानसहित १४ सदस्यीय टोली घोषणा गरेको हो । कात्तिक २९ देखि मंसिर ३ सम्म हुने श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् ।

शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । यसै गरी पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले श्रृंखलाको पहिलो खेलमा तान्जानियाको सामना गर्नेछ ।

नेपाल र तान्जानियाबीचको खेल कात्तिक २९ मा हुनेछ । यसै गरी नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ ।

नेपाली टोली ः इन्दु वर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, खुशी डंगोल, विन्दु रावल (उपकप्तान), सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का, रुबी पोदार ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्